२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

आमिर खानपछि यी नायिकालाई भयो स्वाइल फ्लू

आमिर खानपछि यी नायिकालाई भयो स्वाइल फ्लू

मुम्बई । आमिर खान र उनकी श्रीमती किरण रावलाई स्वाइन फ्लू भएको खबर सेलाउन नपाउँदै बलिउडकी अर्की नायिका पनि यो रोगको शिकार भएको बताइएको छ । नायिका ऋचा चड्डालाई पनि स्वाइन फ्लू भएको खबर छ ।

ऋचा चाँडै नै नयाँ फिल्म ‘फुकरे रिटर्नस’ मा देखिनेछिन् । केही मिडिया रिपोर्टलाई मान्ने हो भने सोमबार उनको फिल्मको ट्रेलरको प्रिभ्यू हुनु थियो तर स्वाइन फ्लूका कारण ऋचा कार्यक्रममा पुग्न सकिनन् ।

उनले सोसल मिडियामा मास्क लगाएको एउटा फोटो पोष्ट गरेकी छिन् । चाँडै ठिक हुनका लागि डाक्टरले उनलाई मास्क लगाउन सल्लाह दिएको बताइएको छ । भारतको महाराष्ट्रमा स्वाइन फ्लू पूर्ण रुपमा फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij