
काठमाडौं । निर्वाचन आयोगले भदौ १ गतेभित्र प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको छ ।
सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेका प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवले भदौ १ भित्र निर्वाचन मिति घोषणा गर्न सरकारलाई सुझाव दिएका हुन् ।
भेटपछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक देखिएको बताए ।
“समयमा निर्वाचन सम्पन्न गर्नका लागि छिटो प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन सम्बन्धि कानून र क्षेत्र निर्धारणको प्रतिवेदन उपलब्ध गराउन भनेका छौं,” यादवले भने ।
उनले दुबै निर्वाचन एउटै मितिमा गर्ने विषय भने छलफलमै रहेको जानकारी दिए । त्यस्तै प्रधानमन्त्रीसँग इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम) प्रयोगबारे समेत छलफल भएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij