२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

इपीएस भीषा नीतिमा कडाई गर्ने कोरियाको तयारी, नेपाली कामदार प्रभावित हुने

इपीएस भीषा नीतिमा कडाई गर्ने कोरियाको तयारी, नेपाली कामदार प्रभावित हुने

सोल । कोरिया सरकारले रोजगार अनुमति प्रणाली (इपीएस)को भीषामा कडा पार्ने तयारी गरेको छ । विदेशी कामदार कटौती गर्ने रणनीति अनुरुप सरकारले नयाँ नीति र नियममार्फत भीषामा कडाई गर्न लागेको हो।

नयाँ नियम अनुसार गैरव्यावसायिक अर्थात कामदारको भीषा अवधि एक पटक भन्दा बढी थप हुने छैन्। चार वर्ष दश महिनाको भीषा अवधि पछि इ नाईन भीषाका विदेशी कामदारले एक पटक भीषा थप्न पाउने नियम रहेको छ।

कानुन मन्त्रालयले रोजगार मन्त्रालय र मजदुर युनियनसँग समन्वय र छलफल गरेर नयाँ नियम ल्याउने तयारी गरेको यहाँका स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्।

अहिलेको नियम अनुसार इ नाईन भीषामा आएका विदेशी कामदार कोरियामा चार वर्ष दश महिना बसेर काम गदै आएका छन्। भीषा अवधि सकिएपछि उनीहरु स्वदेश फिर्ता वा अर्को भाषा परीक्षा दिनुपर्ने हुन्छ।

कोरियन क्षमता परिक्षा उत्तिर्ण भएमा फेरि चार वर्ष दश महिनाको भीषा नविकरण हुन्छ। नयाँ नीतिले दुई पटक भन्दा बढि कोरिया वसाई र कोरियामा रोजगारी गर्ने विदेशीको चाहनालाई बन्देज गर्ने छ।

कोरियामा इपीएस भीषा प्राप्त गर्न कोरिया भाषा परीक्षा लगायत विभिन्न परीक्षणमा सफल भएमा सकिने प्रावधान छ। जस अन्तर्गत उमेर हदबन्दी भन्दा कम उमेरका विदेशी कामदार एक पटकको भीषा अवधि सकिएपछि पनि भाषा परीक्षा उत्तिर्ण गरेर पटक पटक कोरियामा काम गर्न आउन सक्ने प्रावधान रहेको छ।

यसैगरी अधिकारीहरुले उमेर हदबन्दी ननाघेका इपिएस कामदार पुनः कामका लागि कोरिया आउन रोक्ने नीतिले मानव अधिकार उल्लंघन हुन सक्छ कि भनेर त्यसबारे पनि आन्तरिक छलफल र परामर्शमा जुटेका छन्।

नयाँ नीतिले विदेशीलाई नौ वर्ष आठ महिना भन्दा बढि बसाईमा बन्देज गर्ने छ। सो अवधि भन्दा बढि बसेमा अवैधानिक हुने छ। नयाँ नीति जारी भएपछि नौ वर्ष आठ महिना भन्दा बढि कोरिया बसेर काम गरिरहेका विदेशी कामदार प्रभावित हुने छन्।

नीति जारीपछि ति कामदार स्वतः स्वदेश फिर्ता हुनुपर्ने छ या इ नाइन भीषा बाहेकका अन्य भीषाका लागि आवेदन दिनुपर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij