२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

लिरभपुललाई पेनाल्टी सुट आउटमा हराउँदै एथ्लेटिको मड्रिडले जित्यो उपाधि

लिरभपुललाई पेनाल्टी सुट आउटमा हराउँदै एथ्लेटिको मड्रिडले जित्यो उपाधि

काठमाडौं । प्रि–सिजनको मैत्रिपूर्ण फुटबल प्रतियोगिता अउडी कपको उपाधि स्पेनिस क्लब एथ्लेटिको मड्रिडले जितेको छ ।

बुधबार राती भएको फाइनलमा इङ्ल्यान्डको लिरभपुललाई पेनाल्टी सुट आउटमा हराउँदै एथ्लेटिकोले उपाधि जितेको हो ।

खेलमा एथ्लेटिकोका केईदी बारेले गोल गर्दै टोलीलाई अग्रता दिए ।

तर लिभरपुलका फर्मिनोले पेनाल्टी मार्फत एक गोल फर्काएपछि निर्धारित ९० मिनेटभित्र १-१ गोलको बराबरी भयो ।

यसपछि टाई ब्रेकरमा लिभरपुललाई ५÷४ ले हराउँदै एथ्लेटिको मड्रिडले उपाधि जितेको हो ।

प्रि सिजनमा खेलिएका मैत्रिपूर्ण खेलहरुमा लिभरपुलको यो पहिलो हार हो ।

प्रिमियर लिग फुटबल सुरु हुनुपूर्व लिभरपुलले अब स्पेनको एथ्लेटिक बिल्बाओविरुद्ध आयरल्याण्डको डब्लिनमा अन्तिम अभ्यास खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij