काठमाडौं । अनसनरत डाक्टर गोविन्द केसीका माग तत्काल सम्बोधन गर्न माग गर्दै महाराजगन्ज मेडिकल क्याम्पसका विद्यार्थीले आज राजधानीमा प्रदर्शन गरेका छन् ।
राजधानीको माइतीघरमा भेला भएर उनीहरुले नयाँबानेश्वर चोकसम्म प्रदर्शन गरेका हुन् ।
चिकित्सा शिक्षा आयोगमा स्वास्थ्य क्षेत्रका सम्पूर्ण विद्याको समावेशिता, निष्पक्ष ऐनको सुनिश्चितता, भ्रष्टाचार, अनियमितता र माफियातन्त्रको अन्त्यलगायतका माग विद्यार्थीहरुले गरेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij