२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

क्षेत्रपाटीस्थित स्कूलबाट हराएका बालक पाँच दिनपछि भेटिए

क्षेत्रपाटीस्थित स्कूलबाट हराएका बालक पाँच दिनपछि भेटिए

काठमाडौँ । काठमाडौंको क्षेत्रपाटीबाट गत बिहीबारदेखि हराएका बालक विशाल चौधरी फेला परेका छन्। चौधरीलाई काँडाघारीमा फेला पारेको काठमाडौं प्रहरी प्रमुख छविलाल जोशीले बताए।

क्षेत्रपाटीको पकनाजोलस्थित सरस्वती उच्च माविमा युकेजीमा अध्ययनरत ५ वर्षीय बालक विशाल चौधरी विद्यालयबाटै बिहीबार दिउँसो बेपत्ता भएका थिए।

दिउँसो ३ बजे छोरा लिन बाबु विद्यालय पुग्दा छोरा हिँडिसकेको खबर पाएपछि आफन्तले बालक हराएको भन्दै महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा उजुरी दिएका थिए।

५ वर्षीय विशालको खोजीमा प्रहरीले विशेष तालिमप्राप्त कुकुरसमेत प्रयोग गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij