
लण्डन । हप्तामा तीनदेखि चार पटक सिमित मात्रामा रक्सीजन्य पदार्थको सेवन गर्नेहरुलाई मधुमेहको खतरा केही हदसम्म कम हुने एक अध्ययनले दाबी गरेको छ ।
यद्यपी, अध्ययनका अनुसार आवश्यकताभन्दा बढि रक्सीजन्य पदार्थको सेवन गर्नेहरुलाई मधुमेहको खतरा नपिउने मानिस जत्तिकै वा त्योभन्दा बढि हुने गर्दछ ।
डेनमार्कको एक विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले रक्सीजन्य पदार्थको सेवनले मधुमेहमा हुने प्रभावको अनुसन्धान गर्यो र त्यसको तुलना अन्य विश्ष्टि पेय पदार्थसँग पनि गर्यो । यो डाटा १८ वा त्योभन्दा बढि आयु भएका करिब ७० हजार ५ सय ५१ डेनिश नागरिककको एक आत्म–प्रतिवेदन प्रश्नावलीसहित उनीहरुको जीवनशैली र स्वास्थ्यसम्बन्धि पदार्थमाथि आधारित छ । यसमा वैज्ञानिकले रक्सीजन्य पेय पदार्थको सेवन नगर्नेहरुको तुलनामा हरेक हप्ता १४ पेग पिउनेहरुमा मधुमेहको खतरा ४३ प्रतिशत कम हुने गर्दछ । यस्तै, महिलामा यो खतरा ५८ प्रतिशतसम्म कम हुने गर्दछ ।
यो डाटा अनुसार हप्तामा तीन–चारदिन सिमित मात्रामा रक्सीजन्य पदार्थको सेवन गर्दा मधुमेहको खतरा पुरुषमा २७ प्रतिशत र महिलामा ३२ प्रतिशतसम्म कम हुन्छ । हरेक हप्ता वाइनको ७ वा त्योभन्दा बढि पेग पिउने पुरुष र महिलालाई, हरेक हप्ता वाइनको एक पेग पिउनेहरुको तुलनामा, मधुमेह हुने खतरा २५ देखि ३० प्रतिशतसम्म कम हुन्छ । यस्तै, हरेक हप्ता १ देखि ६ वटा बियर पिउँदा मधुमेहको खतरा पुरुषमा २१ प्रतिशतसम्म कम हुन्छ भने यसको महिलामा कुनै पनि असर पर्दैन ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij