काठमाडौं । नेपाली चलचित्र उद्योगमा पछिल्लो पुस्ताबाट निक्कै नाम तथा बदनाम दुवै कमाएका नायिकामा नम्रता श्रेष्ठ नै हुन् । नम्रताको शालीनता तथा भद्रताको सबैले खुलेर तारिफ गर्ने गरेको पाइन्छ । अर्कोतर्फ गौरी मल्लजस्तो स्वभाविक अभिनय गर्नमा पनि माहिर नायिका श्रेष्ठको खुबीमा केही समयअगाडि उनको अत्यन्त पर्सनल भिडियो सार्वजनिक भइदिँदा उनी चर्को बदनामको सिकार पनि बनेकी थिइन् ।
त्यो बदनामीबाट धेरै दूर बनेर बेग्लै सोच र शैलीबाट जीवनलाई नयाँ मोडमा ल्याउन सफलता प्राप्त गरेकी यिनै नम्रताको सुन्दरता भनेको नै उनको नियमित व्यायाम हो । सौन्दर्यलाई कायम राख्न सकेसम्म व्यायाम गर्न नचुक्ने बताउने उनी व्यायामले मस्तिष्कलाई स्वस्थ राख्ने गर्दछ र शरीर स्वस्थ बनाउन नियमित व्यायाम गर्नुपर्दछ भन्ने नम्रताले आफ्नो सुन्दरताको रहस्य यसरी खोलेकी छन् ।
१.म आफ्नो सौन्दर्य कायम राख्न सकेसम्म व्यायाम गर्न भुल्दिनँ । व्यायामका सन्दर्भमा अनुशासित हुनुपर्छजस्तो लाग्छ । व्यायामले मस्तिष्कलाई स्वस्थ राख्छ । स्वस्थ मस्तिष्कले शरीर र स्वस्थ जीवन अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्छ । म बिदाको दिनसमेत वर्कआउट गरिरहेकी हुन्छु ।
२.नेपाली खाना दाल–भात–तरकारी नै बढी मन पराउँछु । खानाको पारखी भए पनि खानामा आवश्यक सबै कुरा मिलाएर खान्छु । पानीपुरी, चटपटे र चाट कहिलेकाहीँ खान्छु । तर, आफ्नो स्वास्थ्यलाई ख्याल राखेर मनलाई बाँधेर भए पनि निकै कम खान्छु ।
३. सधैँ मासु खाने हैन, कहिलेकाहीँ भेजिटेरियन हुन पनि मन लाग्छ । सधैँ मासु खाइरहे पनि समयसमयमा भेजिटेरियन पनि हुन मन लाग्छ । खानामा हरियो फलफूल, सलाद बढी खाने गरेकी हुन्छु ।
४.नियमित शारीरिक व्यायामले शरीर स्वस्थ रहन्छ । स्वस्थ र स्मार्ट देखिन सकेसम्म म धेरै पानी पिउने गर्छु । व्यायाम अनिवार्य गर्छु । कलाकारले मात्र शारीरिक व्यायाम गर्नुपर्छ भन्ने होइन । जुनसुकै क्षेत्रमा रहेका व्यक्तिले पनि शारीरिक व्यायाम गर्न भुल्न हुन्न । बेलैमा आफ्नो स्वास्थ्यप्रति सबै सचेत रहनुपर्छ । बिहान उठ्नेबित्तिकै जिम गर्दा स्वास्थ्यलाई फाइदा गर्छ । जतिसुकै व्यस्त रहे पनि फिट हुनका लागि दिनमा एकपटक जिम सेन्टरमा जाने गरेकी छु । त्यसले मलाई हरेक दिनको काममा सक्रिय हुन सहयोग गरेको छ ।
५.सकेसम्म धेरै पानी पिउन खोज्छु । दिनमा कति लिटर पिउँछु भन्ने हेक्का हुँदैन । तर, जति धेरै पानीको प्रयोग गर्न सकिन्छ, उति धेरै स्वास्थ्यका लागि फाइदा हुन्छ । पानीको प्रयोग गर्दा सकेसम्म सफा पानीको प्रयोग गर्नुपर्छ ।
६.योगा र मेडिटेसनमा सधैँ ध्यान दिन्छु । यसले मान्छेको सौन्दर्यमा थप चमक प्रदान गर्छ । योगा र मेडिटेसनले आफ्नो अनुहार उज्यालो गराउन मद्दत गर्छ ।
७.दिनभरि कामबाट फर्किएपछि सकेसम्म नुहाउँछु । सम्भव नभएको खण्डमा अनुहारलाई राम्रोसँग धुन्छु । अनुहार सफा गरिसकेपछि आवश्यक केही क्रिम पनि लगाउँछु ।
८.बिहान घरबाट हिँड्नुअघि सनब्लक प्रयोग गर्छु । यसले घामबाट आफ्नो छालालाई सुरक्षित गर्छ । म सनब्लक युज गर्न कहिल्यै बिर्सन्नँ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij