२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

काम नगरी समग बर्बाद गर्नेलार्इ जनताले ठेगान लगाउँछन् : सचिव बिष्ट

काम नगरी समग बर्बाद गर्नेलार्इ जनताले ठेगान लगाउँछन् : सचिव बिष्ट

नेकपा एमालेका सचिव गोकर्ण बिष्टले निर्वाचित जनप्रतिनिधिहरूलार्इ छिटाे निर्णय लिनकाे निम्ति अाग्रह गरेका छन् । जनप्रतिनिधिहरूले गर्ने काम ढिलाे भएकाे र अपेक्षा अनुसार काम नभएकाे सम्बन्धमा विष्टले यस्ताे बताएका हुन् ।
एमाले इस्मा गाउँपालिका–रुपन्देहि सम्पर्क कमिटीले बुटवलमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा सचिव बिष्टले जनप्रतिनिधीले कुनै ठोस निर्णय र योजना नबनाएको भन्दै आक्रोश व्यक्त गरे । उनले जनप्रतिनिधिलार्इ प्रत्येक सेकेण्डको महत्वपूर्ण ठानी साेही बमाेजिम अाफ्नाे कार्यलार्इ अघी बढाउनुपर्ने बताएका छन् । उनले भने, ‘जनप्रतिनिधिहरु अझै हिनताबोध र कुण्ठा बोकेर अल्मलिएका छन् ।’

योजनाका साथ काम गर्नुपर्ने सङ्केत गर्दै विष्टले समय बर्बाद गर्नेहरुलाई जनताले नै ठेगान लगाउने समेत बताए । एमाले सचिव बिष्टले जनप्रतिनिधी जनताको नोकर भएकाले हरेक सुख र दुखमा संगसंगै हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij