२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

पनामा लिक्समा प्रधानमन्त्री शरिफ दोषी ठहर, प्रधानमन्त्री पद गयो

पनामा लिक्समा प्रधानमन्त्री शरिफ दोषी ठहर, प्रधानमन्त्री पद गयो


इस्लाम्बाद । पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री नवाज शरिफलाई पनामा लिक्समा दोषी भएको ठहर गरेको छ। यो निर्णयसँगै शरिफ प्रधानमन्त्री पदका लागि अयोग्य ठहरिएका छन्।

प्रधानमन्त्री शरिफले भ्रष्टाचार गरी कालो धन जम्मा गरेको भन्दै सर्वोच्चले दोषी भएको निर्णय गरेको हो।

सर्वोच्चका न्यायाधीश एजाज हसन, एजाज अफजल, सइद शेख, आसिफ सइद खोसा र गुलजार अहमदको बेन्चले प्रधानमन्त्री शरिफलाई दोषी ठहराएको हो। उक्त बेन्चले उनका छोरा र ज्वाँइलाई पनि दोषी ठहराएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij