२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

लन्डनब्रीज तीज पहिरनले राताम्मे

लन्डनब्रीज तीज पहिरनले राताम्मे

लन्डन । नेपाली हिन्दू महिलाहरुको पर्व तीज नजिकिंदै गर्दा त्यो माहोलले बेलायत पनि अछुतो रहेन । तीज मौका छोपेर नेपाल जस्तै बेलायतमा पनि म्यूजिक भिडियो निकाल्ने लहर छ ।

विगतमा तीज कार्यक्रममात्र गर्ने परम्परा विपरित यसवर्ष कयौं म्यूजिक भिडियो बनाइए बेलायतमा ।

यही क्रममा साताअघि सार्वजनिक एक भिडियोले राम्रो चर्चा बटुलेको छ । लन्डन ब्रीजमा रातो साडी, ब्लाउज र गरगहनामा सजिएर नेपाली महिलाले नाचेको दृश्यले स्वदेशी तथा विदेशीको मन जितेको हो । भिडियो छायांकनताका नै यसले विदेशीको समेत ध्यान आकृष्ट गरेको थियो ।

बेलायत अल्डरसट निवासी लिला विश्वकर्माको शब्द र गायिका जिना रसाइलीको स्वर रहेको ‘तीजमा बरिलै’ गीतमा भिडियो बनाइएको हो । भिडियोमा कुशल श्रेष्ठको छायांकन, सम्पादन र निर्देशन एवं सुस्मिता थापाको नृत्य निर्देशन छ ।

विश्वकै आइकोनिक संरचना वरपर नेपाली संस्कृति झल्काउने गरि तीज गीतमा सुटिंग गरिएको यो सम्भवत: पहिलो भएको बताउँछन् म्यूजिक भिडियो निर्देशक कुशल श्रेष्ठ । यसले नेपालको कला संस्कृति प्रवर्द्धनमा टेवा पुग्ने उनको दाबी छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij