२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

भारतीय म्युजिक भिडियोमा नेपाली मोडल

भारतीय म्युजिक भिडियोमा नेपाली मोडल


काठमाडौं । नेपाली मोडल आदिती बुढाथोकीले भारतीय म्युजिक भिडियोमा अभिनय गरेकी छन्। र्‍यापर रफ्तार र मनिन्दर बुट्टरको ‘गल गोरिए’ बोलको म्युजिक भिडियोमा उनले मोडलिङ गरेकी हुन्।

जी म्युजिक कम्पनीको औपचारिक च्यानलमार्फत सार्वजनिक भएको उक्त भिडियोलाई ३७ लाखभन्दा बढी दर्शकले हेरिसकेका छन्। म्युजिक भिडियोलाई जी म्युजिक कम्पनी र अंकित खन्ना प्रोजेक्ट्सले संयुक्त निर्माण गरेको हुन्। अरविन्द खैराले निर्देशन गरेको भिडियोमा मोडल बुढाथोकी डान्स गर्दै देखिएकी छन्।

बलिउडमा करियर बनाउन संघर्षशील मोडल बुढाथोकीले यसअघि विभिन्न विज्ञापनहरुमा समेत काम गरिसकेकी छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij