२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

अमेरिकी सेनामा तेस्रोलिंगीलाई काम गर्न नदिने ट्रम्पको घोषणा

अमेरिकी सेनामा तेस्रोलिंगीलाई काम गर्न नदिने ट्रम्पको घोषणा


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तेस्रोलिंगी व्यक्तिलाई अमेरिकी सेनामा काम गर्न नदिने घोषणा गरेका छन् ।

राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत् तेस्रोलिंगी व्यक्तिलाई अमेरिकी सेनाको कुनै पनि पदमा काम गर्न नदिने घोषणा गरेका हुन् ।

उनले वरिष्ठ सैनिक अधिकारीहरु तथा विज्ञहरुसँगको छलफलपछि सो निर्णय गरिएको जानकारी दिएका छन् ।

बाराक ओवामा राष्ट्रपति हुँदा अघिल्लो वर्ष अमेरिकी सेनामा तेस्रो लिंगीलाई काम गर्न दिइने निर्णय भएको थियो ।

तर राष्ट्रपति ट्रम्पले भने तेस्रो लिंगी व्यक्तिका कारण सेनामा औषधि खर्च तथा अन्य कारणले धेरै बोझ थप्ने जिकिर गरेका छन् ।

यसै महिनाको शुरुमा अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले ओबामा प्रशासनले तेस्रो लिंगीहरुलाई सेनामा भर्ना लिने भनी पेश गरेको योजना कार्यान्वयन गर्न ६ महिना ढिला गर्ने निर्णय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij