
काठमाडौं । माओवादी केन्द्रले सरकारमा जाने पाँच जनाको नाम टुंगो लगएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार मन्त्रीपरिषद् विस्तारको तयारी गरिरहेका बेला माओवादीले आफ्नो पार्टीको तर्फबाट सरकारमा सहभागी हुनेको नाम टुंगो लगाएको हो ।
माओवादीले गिरिराजमणि पोखरेल, टेकबहादुर बस्नेत, शिवकुमार मण्डल, महेन्द्रबहादुर शाही, सन्त चौधरी र आशा खनाललाई मन्त्री बनाउने निर्णय गरेको छ ।
पोखरेललाई स्वास्थ्य र शाहीलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ । माओवादीले आजै शम्भु श्रेष्ठ र रामसिंह यादवलाई राज्यमन्त्रीमा सिफारिस गरेको प्रवक्ता पम्फा भुषालले जानकारी दिनुभयो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij