२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

काबुल विस्फोटको जिम्मेवारी तालिवानले लियो, मृत्यु हुनेको संख्या ३० पुग्यो

काबुल विस्फोटको जिम्मेवारी तालिवानले लियो, मृत्यु हुनेको संख्या ३० पुग्यो


काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा सोमबार विहान भएको आत्मघाती कार बम विस्फोटको जिम्मेवारी तालिवान विद्रोहीले लिएको छ । यसका साथै आत्मघाती आक्रमणमा मृत्यु हुनेको संख्या ३० पुगेको छ

सोमबार बिहान करिब ६ बजेर ४५ मिनेट जादा भएको विस्फोटमा अन्य ४२ जना घाइते भएका छन् ।

तालिवान विद्रोहीले उक्त आक्रमणमा आफुले गुप्तचर निकायका कर्मचारीलाई निशाना बनाएको जनाएको छ । हजारा नेताको घर नजिकैभएको उक्त आक्रमणमा मारिने अधिकांश त्यहां रहेको सरकारी कार्यालयका कर्मचारी छन् ।

हजारा समुदायले गत जुलाई २३ मा सोही क्षेत्रमा भएको आत्मघाती विस्फोटमा ज्यान गुमाउने ८४ जनाको सम्झनामा प्रदर्शन गर्ने तयारी गरेका थिए । तर सुरक्षा कारण देखाउँदै पछि सारिएको थियो ।

हजारिया अफगानिस्तानको जनजाती समुदाय हुन् र यो समुदायको जनसंख्या कुल ३ करोड जनसंख्याको २० प्रतिशत हिस्सा ओगट्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij