२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

चोभारको मकैबारीमा नवजात शिशु फेला

चोभारको मकैबारीमा नवजात शिशु फेला

काठमाडौं स्थित चोभारको मकैबारीमा सोमबार एक नवजात शिशु जीवित अवस्थामा फेला परेको छ । हुप्पील्याण्ड नजिकै रहेको एक मकैबारीमा प्लाष्टिकमा पोको पारेको अवस्थामा नवजात शिशु फेला परेको हो ।

जन्मेको एक दुई दिन भइसकेको जस्तो देखिने बालकलाई चोभारकी स्थानीय ठूलदिदी राईले दिउँसो करिब १ बजेतिर बाटोमा हिँडिरहेका बेला रोइरहेको अवस्थामा फेला पारेकी हुन् ।

महिलाले उक्त नवजात शिशुलाई भेटेपछि महानगरीय प्रहरी वृत्त कीर्तिपुरलाई जानकारी गराएको र पुलिसले नवजात शिशुको स्वास्थ्य परिक्षणका लागि अस्पताल पुर्याएको  बताइएको छ ।

तस्बिरः सुरेन्द्र बस्नेतको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij