२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

बस र मोटरसाइकल ठोक्किदा २ को मृत्यु

बस र मोटरसाइकल ठोक्किदा २ को मृत्यु

कैलाली । बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । धनगढीबाट फूलवारी तर्फ जाँदै गरेको तीन जना सवार से १ प ७८६० नम्बरको मोटरसाइकल र फूलबारीबाट धनगढी आउँदै गरेको से १ ख ५२८ नम्बरको बस धनगढी उपमहानगरपालिका-१५ कनरीमा एकआपसमा ठोक्किदा थिए ।

दुर्घटनामा गौरिगंगा नगरपालिका-११ का ३० वर्षीय दिपेन्द्र चौधरी र कैलारी गाउँपालिका-८ का २७ वर्षीय वीरबहादुर चौधरीको सेती अञ्चल अस्पतालमा पुर्‍याइए लगतै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरबहादुर बुढामगरले जानकारी दिए ।

गम्भीर घाइते थापापुर बस्ने आशिष चौधरीलाई थप उपचारका लागि भारतको लखउन रिफर गरिएको प्रहरीले जनाएको छ । ठक्कर दिने बसका चालक कैलारी गाउँपालिका ५ का ५० वर्षीय मंगलप्रसाद चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij