२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

देउवाले सरकार विस्तार नगर्दा प्रचण्डलाई लाजमर्दो

देउवाले सरकार विस्तार नगर्दा प्रचण्डलाई लाजमर्दो


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेसम्म सरकार विस्तार नगरेकोमा नेकपा माओवादी केन्द्रले चासो राखेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार विस्तारकै बारेमा आज बिहान देउवासँग छलफल पनि गर्नुभएको छ ।

पार्टीको बैठकका निर्णय सार्वजनिक गर्न भएको पत्रकार सम्मेलनमा प्रचण्डले देउवाले चुनाव सकिएको एक महिना हुँदा पनि सरकार विस्तार नगर्दा आफूलाई नै लाजमर्दो भएको टिप्पणी गर्नुभयो ।

‘उहाँले चुनावपछि सरकार विस्तार गर्छु भन्नुभएको थियो’ प्रचण्डले भन्नुभयो ‘मैले यसबारेमा आज बिहान पनि कुरा गरेँ, उहाँले भोलि सरकार विस्तार गर्छु भन्नुभएको छ, हेरौं के गर्नुहुन्छ ।’

सरकार विस्तारमा ढिलाई भए पछि आफूहरुले देउवा नेतृत्वको सरकार परिवर्तन बारे नसोचेको प्रचण्डले स्पष्ट पार्नुभयो । उहााले दुई दलबिच कुनै मनमुटाव नभएको पनि बताउनुभयो ।

पत्रकार सम्मेनलमा प्रचण्डले आफूहरु प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा उभिएको भन्दै यसमा अरु दललाई पनि सहमत गराउने बताउनुभयो । नागरिकबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने र संसदबाट निर्वाचित सेरेमोनियल राष्ट्रपति हुने आफूहरुको प्रस्ताव रहेको उहाँले स्पष्ट पार्नुभयो ।

यस्तै संसद भने पूर्ण समानुपातिक हुने माओवादीको प्रस्ताव छ । यो प्रस्तावमा नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलसँग छलफल गर्ने र सहमति जुटाउने प्रचण्डले विस्वास व्यक्त गर्नुभयो ।

बारम्बार हुने सरकार परिवर्तनका कारण देशको विकास हुन नसकेको भन्दै प्रचण्डले देशको विकासका लागि नागरिकबाट चुनिने प्रधानमन्त्री चाहिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij