काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज डिस्चार्ज भएका छन् । नर्भिक अस्पतालमा एन्जियोप्लाष्टी गरिएका उनी दुई दिनको अस्पताल बसाई पछि आज डिस्चार्ज भएको उनका सहयोगी फणी पाठकले जानकारी दिए ।
अस्पतालका मुटुरोग विशेषज्ञ डा. यादव भट्ट र पारिवारिक चिकित्सक डा. किशोरजङ्ग राणाको सल्लाहअनुसार शाहको स्वास्थ्यमा सन्तोषजनक सुधार देखिएपछि डिस्चार्ज गरिएको हो ।
पूर्वराजाले उपचारको क्रममा संलग्न नर्भिक इन्टरनेशनल हस्पिटलका चिकित्सक, कर्मचारी, व्यवस्थापन एवम् सरोकारवाला सबैप्रति आभार व्यक्त गरेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij