२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

साउदी ‘मिनीस्कर्टवाली’ भइन् हिरासत मुक्त

साउदी ‘मिनीस्कर्टवाली’ भइन् हिरासत मुक्त

एजेन्सी । साउदी अरबले मिनीस्कर्ट लगाएर ऐतिहासिक क्षेत्रमा घुमेको भिडियो सामाजिक सञ्जालमा भइरल भएकी युवतीलाई हिरासत मुक्त गरेको छ । साउदी प्रहरीले ती महिलालाई बिना कुनै मुद्दा मुक्त गरिदिएको हो ।
अन्तर्राष्ट्रिय सञ्चार केन्द्रद्वारा जारी विज्ञप्ती अनुसार प्रहरीले ती महिलालाई हिरासत मुक्त गरेको हो । उनको नाम भने गोप्य राखेको छ ।

विज्ञप्तीमा उल्लेख गरिए अनुसार ती महिलालाई मंगलबार साँझ सामान्य सोधपुछ गरेर छोडिएको हो । विज्ञप्तीमा ती महिलाको जानकारी बिना नै भिडियो पोस्ट भएको पनि दाबि गरिएको छ ।

साउदी प्रहरीले ती महिलाले इस्लामिक कानुनको उल्लंघन हुने गरी पहिरन लगाएर घुमेको आरोप लगाएको थियो । उनलाई पक्राउ गरिएपछि संसारभर साउदीमा महिला अधिकारको विषयलाई लिएर आवाज उठेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij