
हैदराबाद । अभिनेत्री कंगना रनौत आफ्नो नयाँ फिल्म ‘मणिकर्णिका–द क्विन अफ झाँसी’ को सुटिङको क्रममा घाइते भएकी छिन् । सुटिङको क्रममा कंगनाको टाउकोमा तरबारको चोट लाग्यो । कंगनालाई अस्पतालमा भर्ना गरिएको बताइएको छ ।
दुर्घटना हैदराबादमाः
उक्त दुर्घटना हैदराबादमा भएको छ जहाँ अहिले फिल्मका् सुटिङ चलिरहेको छ ।
टाउकोमा १५ टाँकाः
मिड डे को रिपोर्ट अनुसार कंगनाको टाउकोमा चोट लागेको छ र उनलाई एपोलो अस्पतालको आइसियूमा राखिएको छ । उनको टाउकोमा १५ टाँका लगाइएको छ र केही दिनमा लागि डाक्टरको निगरानीमा अस्पतालमा नै राखिने बताइएको ।
को–स्टार निहार पाण्ड्यासँग सुटिङः
खबरका अनुसार कंगना आफ्ना को–स्टार निहार पाण्ड्यासँग सुटिङ गरिरहेकी थिइन् । त्यो एक एक्सन सिन थियो जसमा दुबै तरबार चलाइरहेका थिए । सुटिङकै क्रममा तरबार गल्तीपूर्वक कंगनाको टाउकोमा लाग्यो र उनको टाउकोबाट रगत बग्न थाल्यो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij