२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

महानगरसमक्ष स्काई रेलको प्रारम्भिक सम्भाव्यता प्रस्तुत

महानगरसमक्ष स्काई रेलको प्रारम्भिक सम्भाव्यता प्रस्तुत


काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र स्काई रेल निर्माणका लागि समझदारी पत्रमा सम्झौता गरेको कम्पनी साइमेक्सले पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन महानगरका मेयर विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीसमक्ष प्रस्तुत गरेको छ ।

साइमेक्स इंक प्रालिका तर्फबाट अध्यक्ष प्रसिद्धबहादुर पाण्डेले प्रस्तुत गरेको सम्भाव्यताअनुसार साइमेक्सले पहिलो चरणमा तिलगंगादेखि कलंकीसम्म स्काई रेल सञ्चालनको प्रस्ताव गरेको छ ।

यसको रुट तिलगंगाबाट सुरु भएर एरपोर्ट, तिनकुने, नयाँबानेश्वर, माइतीघर, सहिदगेट, त्रिपुरेश्वर, कालिमाटी, रविभवन हुँदै कलंकीसम्म हुनेछ । यो रुटलाई कीर्तिपुरसम्म लम्ब्याउने सकिने साइमेक्सको रिपोर्टले देखाएको छ ।

यस्तै महाराजगन्ज नारायणगोपाल चोकबाट रत्नपार्क, सातदोबाटो गोदावरीसम्म स्काई रेल चलाउन सकिने रिपोर्टमा उल्लेख छ । साथै चक्रपथ परिक्रमाको रुटमा पनि स्काई रेल सञ्चालन गर्न सकिने अध्ययनले देखाएको साइमेक्स इंक कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सामान्यतया १० किलोमिटर दूरीको लिक बनाउन ३० करोड अमेरिकी डलर खर्च लाग्छ र निर्माण सक्न २ वर्ष समय चाहिन्छ । मेट्रो रेलको तुलनामा स्काई रेल सञ्चालनका लागि २० प्रतिशत रकम कम लाग्ने कम्पनीको दाबी छ ।

रेलको एउटा डिब्बामा २०० जना यात्रु अट्न सक्ने साथै एउटा रेलमा ८ वटासम्म डिब्बा जोड्न सकिन्छ । अध्यक्ष पाण्डेले परियोजनाको लागतलगायत अन्य विवरण विस्तृत परियोजना प्रतिवेदन भने बाँकी नै रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij