
काठमाडौं । स्पेनिस फुटबल क्लब बार्सिलोनाका खेलाडी नेयमारले बार्सिलोना छाड्न लागेको कुरामा कुनै सत्यता नरहेको बार्सिलोना क्लबका अध्यक्ष जोसेप मारिया बारटोमिउले बीबीसी स्पोर्टससँगको अन्तर्वार्तामा भनेका छन् ।
पेरिस सेन्ट–जर्मिइनले १ सय ९५ पाउण्डको रिलिज क्लज जारी गर्न लागेको हल्ला चलिरहेको बेला बार्सिलोनका अध्यक्ष बारटोमिउलले नेयमारले बार्सिलोना नछाड्ने प्रस्ट पारेका हुन् ।
ब्राजिलको फुटबल टोलीका फर्वाड नेयमार बार्सिलोनासँग सन् २०२१ सम्मको लागि गत अक्टुबरमा ५ वर्षको लागि अनुबन्धित भएका थिए ।
२५ वर्षका नेयमारले सान्तोषबाट सन् २०१३ मा बार्सिलोना आएका थिए । अघिल्लो सिजनमा नेयमारले बार्सिलोनाबाट १३ गोल हानेका थिए । अघिल्लो सिजनको ला लिगा च्याम्पियनसिपमा बार्सिलोना रियल म्याड्रिडभन्दा ३ अंकले पछि परेको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij