२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

उकुषालाई मिस एसिया नेपालको ताज

उकुषालाई मिस एसिया नेपालको ताज

काठमाडौं । बानेश्वर भिमसेनगोलाकी १८ बर्षीया उकुषा गिरीले मिस एसिया नेपाल २०१७ को ताज चुमेकी छिन् । टेलिभिजन विज्ञापनमा समेत काम गर्दै आएकी गिरी विजेताका रुपमा आफ्नो नाम घोषणा भएलगतै खुसीका आँशुहरु झारेकी थिइन् । उनलाई गतबर्षकी विजेता सुप्रभा कुँवरले ताज लगाइदिइन् ।

र्याम्प मोडलिङ समेत गर्दै आएकी उकुषाले कार्यक्रममा ताजको अलवा श्रीलंकामा हुने मिस एसिया ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत प्राप्त गरिन् । नगद ५० हजार रुपैयाँका साथमा विभिन्न म्युजिक तथा टिभीसी भिडियोमा खेल्ने अवसरसमेत प्राप्त गरेकी उनले मिस पर्सनालिटीको उपाधि समेत हात पार्न सफल रहिन् ।

नेक्स्ट इभेन्ट इन्टरनेसनलले आयोजना गरेको र मिडिया पर्सनालिटी जीपी तिमल्सेना, पूर्व मिस ग्लोबल इन्टरनेसनल निलम चन्द, पूर्व मिस नेपाल अर्थ मेधा कोइराला, व्यवसायी तथा कलाकार रचिता क्षत्रि र पूर्व मिस अरोमा चितवन इशा प्रधानले निर्णायक रहेको प्रतियोगीमा काभ्रेपलान्चोककी मेडिकल विद्यार्थी परिक्षा बिष्ट फस्ट रनर्सअप र जानकी श्रेष्ठ सेकेण्ड रनर्सअप भए । यी दुबैले विभिन्न उपहारसमेत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij