२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

ब्राजिलियन नेतृलाई बिहेकै दिन हानियो अण्डा

ब्राजिलियन नेतृलाई बिहेकै दिन हानियो अण्डा


काठमाडौं । ब्राजिलमा वर्तमान राष्ट्रपति माइकल टेमरलाई समर्थन गरेको भन्दै एक नेतृलाई उनको विवाहकै दिन अण्डा हानिएको छ ।

पारानाको राज्य विधानसभाकी सदस्य समेत रहेकी २५ वर्षकी मारिया भिक्टोरिया ब्यारोसलाई विपक्षी दलका समर्थकहरुले बिहेमै अण्डा हानेका हुन् ।

शुक्रवार साँझ क्युरिटिबाको चर्च अफ रोसरीमा उनको विवाह समारोह चलिरहँदा विपक्षी दलका समर्थकहरुले उनीमाथि अण्डा प्रहार गरेका हुन् । विपक्षी समर्थकहरुले अण्डा प्रहार गर्न थालेपछि उनी आफ्ना पतिसँग बख्तरबन्द गाडीमा चर्चबाट निस्किएकी थिइन् ।

युट्युवमा अपलोड गरिएको भिडियोमा विपक्षी दलका कार्यकर्ताले अण्डा हान्न थालेपछि सुरक्षाकर्मीले छाता ओढाएर नवविवाहित बेहुला र बेहुलीलाई गाडिसम्म पुर्याएको देखिएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij