
नयाँ दिल्ली । भारतको जम्मूकश्मीरस्थित रामवनमा यात्रुबाहक बस दुर्घटना हुँदा १६ यात्रुको मृत्यु भएको छ ।
दुर्घटनामा ३० जना घाइते भएको भारतीय सञ्चारमाध्यम जीन्युजले उल्लेख गरेको छ । यात्रीलाई लिएर अमरनाथ गइरहेको बस जम्मूकश्मीरको रामवनस्थित भीरबाट तल खसेको बताइएको छ । मृतकको सनाखत हुन सकेको छैन ।
केही दिनअघि अमरनाथ यात्रासँग जोडिएको घटना सेलाउन नपाउँदै बस दुर्घटनाको खबर आएको हो । बाबा बर्फानीको दर्शन गरेर फर्कँदै गरेका श्रद्धालुको बसमा आतंककारीले हमला गरेका थिए । आक्रमणमा ८ यात्री मारिएका थिए भने २० जना घाइते भएका थिए । यो मामिलाको अनुसन्धान गर्नका लागि जम्मूकश्मीर प्रहरीले शुक्रबार ६ सदस्यीय टोली गठन गरेको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij