२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

सामसङको बजार मूल्य ९६ ट्रिलियन वनले बढ्यो

सामसङको बजार मूल्य ९६ ट्रिलियन वनले बढ्यो

सोल । दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङ ग्रुपको बजार मूल्य विगत ६ महिनाको अवधिमा ९६ ट्रिलियन वन अर्थात् ८३.५ अर्ब डलरले वृद्धि भएको छ । सामसङ इलेक्ट्रोनिक्सको राम्रो भूमिकाले यसमा महत्वपूर्ण योगदान गरेको औद्योगिक तथ्यांकले देखाएको छ ।

यो व्यावसायिक समूहसँग आबद्ध १६ फर्मको बजार पुँजीकरण अघिल्लो वर्षको अन्त्यमा रहेको ३६४.४ ट्रिलियन वनबाट २६.३५ प्रतिशतले बढेर ४६०.५ ट्रिलियन वन कायम भएको बजार अनुसन्धान फर्म एफएन गाइडले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

समूहमध्ये सामसङ इलेक्ट्रोनिक्सको सर्वाधिक वृद्धि भएको छ । सामसङ इलेक्ट्रोनिक्सको बजार पुँजीकरणमा २५३.५ ट्रिलियन वनबाट ६४.४ ट्रिलियन वनले वृद्धि भएर ३१७.९ ट्रिलियन वन कायम भएको छ ।

विश्वकै ठूलो स्मार्टफोन र मेमोरी चिप्सको उत्पादकको व्यक्तिगत सेयर मूल्यमा २४ लाख ३० हजार वनको वृद्धि भएको छ । यो गत वर्षको अन्त्यमा १८ लाख वन थियो ।

दोस्रो त्रैमासिकको सञ्चालन नाफा वार्षिक मापनका आधारमा ७२ प्रतिशतले वृद्धि भई १ ट्रिलियन वनको कीर्तिमानी कायम भएको दक्षिण कोरियाली प्रविधि कम्पनीले गत साता जनाएको छ ।

आम्दानीको दृष्टिकोणबाट सामसङले एप्पल र अन्य विश्वका प्रमुख फर्महरूलाई उछिनेको विश्लेषकहरूले बताएका छन् । सामसङले दोस्रो त्रैमासको बिक्री ६० ट्रिलियन वन भएको अनुमान गरेको छ ।कोस्पीमा सामसङको हिस्सा २१.२ प्रतिशत छ ।

सामसङ इलेक्ट्रोनिक्सका बजार पुँजीकरणमा थप वृद्धि हुने प्रक्षेपण बजार विश्लेषकहरूले गरेका छन् ।हाना फाइनान्सियल इन्भेस्टमेन्टका किम योङ होले सामसङ इलेक्ट्रोनिक्सले ६१.५ ट्रिलियन वनको बिक्री गर्ने अनुमन गरेको छ । यो वर्षको आम्दानीमा १४.९ ट्रिलियन वन पुग्ने पनि किमले बताए । मेमोरी चिप्सको बिक्रीमा भएको वृद्धिले यसमा महŒवपूर्ण योगदान पु¥याएको छ ।

सामसङ इलेक्ट्रोनिक्सको सेयरको लक्षित मूल्य ३० लाख वन हुने हानाले जनाएको छ । यो अघिल्लो २८ लाख वनको तुलनामा बढी हो । यसैबीच म्याकवुरिज सेक्युरिटज ग्रुपले सामसङको सेयर मूल्य ३१ लाख वन हुने जनाएको छ । म्याकवुरिजका अनुसार सामसङ इलेक्ट्रोनिक्सको तेस्रो त्रैमासको आम्दानी १५.६ ट्रिलियन वन हुने अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij