२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

संशोधन विधेयक विरुद्धको आन्दोलन अझै चर्काउने कांग्रेस अर्घाखाँचीको निर्णय

संशोधन विधेयक विरुद्धको आन्दोलन अझै चर्काउने कांग्रेस अर्घाखाँचीको निर्णय

काठमाडौं । नेपाली कांग्रेस अर्घाखाँचीले पाँच नम्बर प्रदेश टुक्र्याउने गरी आएको संविधन संशोधन विधेयकको विरोधमा जारी आन्दोलन निष्कर्षमा नपुगुन्जेल सशक्त पार्दै अघि बढ्ने निर्णय गरेको छ ।

पाँच नम्बर प्रदेशबाट पहाडका जिल्लालाई तराईसँग अलग गर्ने निर्णय कांग्रेस केन्द्रीय समितिबाटै भए पनि त्यो जिल्लाका लागि स्वीकार नहुने पनि बैठकले निष्कर्ष निकालेको छ ।

बीपी स्मृतिभवन सन्धिखर्कमा बसेको जिल्ला कार्य समितिको बैठकले पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला अलग्याउने सोचलाई सँधैका लागि घातक भन्दै पार्टी शीर्ष नेतृत्वको सोच भन्दा पनि माथि उठेर आन्दोलन गरिरहेको र जिल्लाको बैठकले पनि त्यसलाई सदर गरेको कांग्रेस जिल्ला कार्य समिति अर्घाखाँचीका सभापति बिष्णु मुस्कानले बताए ।

जिल्लामा चलिरहेको आन्दोलनको नेतृत्व पनि कांग्रेस सभापति मुस्कानले गरिरहेका छन् ।

बैठकले स्थानीय निकायको निर्वाचनका लागि सक्रिय भएर तयारी गर्नका लागि गाविस र नगरपालिकाका वडाहरुमा एक एक जना प्रतिनिधि खटाउने पनि निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij