२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

मुग्लिन-नारायणगढ सडकमा दुई महिनामा १३८ पटक पहिरो

मुग्लिन-नारायणगढ सडकमा दुई महिनामा १३८ पटक पहिरो


काठमाडौं । मुग्लिन नारायणगढ सडकखण्डमा गएको जेठ यता १ सय ३८ पटक पहिरो खसेको छ । पहिरोका कारण पटक पटक सडक अवरुद्ध भएको छ । बुधबार दिउँसोदेखि नै पहिरोकै कारण दोहोरो गाडी चल्न सकेको छैन ।

चितवनका प्रहरी प्रमुख दीपक थापाका अनुसार कालीखोलाको चारकिलो र सेती दोभानमा खसेको पहिरो हटाउने काम भइरहेको छ । चार वटा मेसिन प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेकाले अबको दुई घण्टामा दुई तर्फी बाटो खुल्न सक्ने प्रहरी प्रमुख थापाले बताउनुभयो ।

उहाँका अनुसार बिहान ४ बजेदेखि पहिरो पन्छाउने काम भइरहेको छ । पहिरोका कारण काठमाडौंका लागि छुटेका गाडी दासढुंगादेखि नरायणगढ बजारसम्म नै जाममा छन् भने काठमाडौंबाट छुटेका गाडी कुरिनटारदेखि मुग्लिनसम्म जाममा छन् । यात्रुले गाडी भित्रै रात बिताएका छन् । मुग्लिन नारायणगढ सडकखण्डमा २९ ठाउँलाई उच्च जोखिमयुक्तको सूचिमा राखिएको छ ।

चार किलो, साढे दुई किलो, घुमाउने, केराबारी, १६ किलो लगायतका ठाउँ जोखिमयुक्त सूचीमा परेको हो । झरी परेसँगै कालीखोलाको चार किलोमा लगातारजसो पहिरो खसिरहेको छ । गएको असार ९ गते बिहान खसेको पहिरोमा परेर त्यहाँ तीनजना प्रहरीको ज्यान भएको थियो भने एक प्रहरी अझै सम्र्पविहिन छन् । यस्तै यसअघि सुख्खा पहिरोमा परी दुई जनाको ज्यान गएको थियो भने ५ वटा गाडी पहिरोले पुरेको थियो । सडक विस्तारका क्रममा भित्तो काटिएको यस क्षेत्रमा बढी पहिरो खसिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij