२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

ब्राजिलका पूर्व राष्ट्रपति लुला भ्रष्टाचारी ठहर, साँढे नौं वर्षको जेल

ब्राजिलका पूर्व राष्ट्रपति लुला भ्रष्टाचारी ठहर, साँढे नौं वर्षको जेल


काठमाडौं । ब्राजिलका पूर्व राष्ट्रपति लुईज इनासिओ लुला दि सिल्भाले भ्रष्टाचार गरेको ठहर भएको छ ।

लुलामाथि लागेको भ्रष्टाचारको मुद्दामा अदालतले साँढे नौं वर्षको जेल सजायँ हुने फैसला सुनाएको हो ।

राज्य नियन्त्रित तेल कम्पनी पेट्रोब्रासबाट घूषस्वरुप अपार्टमेन्ट लिएको भन्ने आरोपको लुलाले भने अस्वीकार गर्दै आएका छन् ।

सुनुवाई पूर्णतः राजनीतिबाट प्रेरित रहेको भन्दै उनले आफूले कुनै गलत काम नगरेको दावी गरे । उनीमाथि अरु चार मुद्दा अझै सुनुवाई हुने बाँकी रहेको छ ।

लुलाले सन् २०११ सम्म आठ वर्ष राष्ट्रपतिका रुपमा काम गरेका थिए ।

आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनमा विपक्षी वामपन्थी समूह वर्कर्स पार्टीबाट उम्मेदवार बन्ने घोषणा गर्नुभएका लुलालाई यस फैसलाले झट्का लागेको छ ।

अदालतले भने गलत ढंगले ठेक्का दिलाउन लुलाले घूष लिएको ठहर गरेको हो । फैसलाविरुद्ध पुनरावेदन गरिने लुलाका वकीलले जनाएका छन् ।

लुलाको पार्टीले फैसलाविरुद्ध प्रदर्शन गरिने जनाएको छ । लुला ब्राजिलको राजनीतिमा निकै लोकप्रिय नेता मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij