२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

१६ कराेडकाे गाडी खरिद प्रकरण गैरजिम्मेवार तत्वहरूकाे तर्कहीन अाराेप : अाेली

१६ कराेडकाे गाडी खरिद प्रकरण गैरजिम्मेवार तत्वहरूकाे तर्कहीन अाराेप : अाेली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिले गाडी खरिद गर्न १६ करोड माग गरेको भन्ने विषयकाे खण्डन गर्दै स्यालले हुँइया मच्याइएको संज्ञा दिएका छन् । साथै  ओलीले गाडी खरिद गर्ने कुरा राष्ट्रपतिलाई मतलवकाे विषय नभएकाे तर सरकारले व्यवस्थापन गरिदिनुपर्ने विषय रहेकाे समेत स्पष्ट पारेका छन् ।
सत्य, निष्ठासँग कुनै सरोकार नभएका गैरजिम्मेवारी तत्वहरुले लगाएकाे अाराेप मात्र भएकाे समेत अाेलिले प्रष्ट पारेका छन् । अध्यक्ष ओलीले महिला नेतृत्वको विकासमा नेपालले विश्वमै गर्व गर्न लायक उपलब्धि हासिक गरेको दावी पनि गरेका छन् । उनले राष्ट्रपति, प्रधानन्यायाधिश र सभामुख जस्तो नीति निर्माणको तहमा महिलालाई नेतृत्वमा पुर्याउने काम नेपालले मात्रै गरेको पनि स्मरण गराए ।
महिलालार्इ जनताले विश्वास गरेका छन् ः

स्थानीय तहको निर्वाचनमा पुरुषले भन्दा महिलाहरुले बढि मत ल्याउनु महिला नेतृत्वलाई जनताले विश्वास गर्नुको परिणाम भएको पनि स्मरण गराए । अध्यक्ष ओलीले महिला सशक्तिकरणको क्षेत्रमा नेपालले उल्लेख्य प्रगति गरेको उल्लेख गर्दै त्यसलाई कायम राख्न र अघि बढाएर लिएर लैजान भने महिला नेतृहरुले विशेष चनाखो हुनुपर्ने खाँचो पनि औंल्याए ।

अध्यक्ष ओलीले सबैको एकतावद्ध प्रयासबाट मात्रै सुःखी नेपाली र समृद्ध नेपाल बनाउने परिकल्पना साकार पार्न सकिने पनि स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij