दोस्रो चरणको स्थानीय तह निर्वाचन परिणाम अन्तिम चरणमा पुग्दा नेपाली नागरिक परिवर्तनको पक्षमा उभिएको सङ्केत गरेको छ । राजनीतिक दलका आँखाले हेर्दा यी आशातीत नभएका मात्र होइनन्, अप्रत्याशितसमेत लाग्न सक्छन् । किनभने एमालेको गढ मानिएको एक नम्बर प्रदेश एक नम्बरजस्तो रहेन । शेरबहादुर देउवाको पकड क्षेत्र मानिएको सात नम्बर प्रदेश पनि सात नम्बरजस्तो रहेन । जसै एक नम्बरलाई लालकिल्ला देख्ने एमाले आँखा धमिलिए, सात नम्बरलाई आफ्नो प्रभाव क्षेत्र ठान्ने काँग्रेस तिल्मिलाउने परिणाम आयो । एमालेले एक नम्बर धनकुटामा चित्त बुझाउनुपर्ने अवस्था रह्यो । भोजपुरमा एमालेको किल्लालाई काँग्रेसले भत्काइदियो । झापामा एमालेका जिल्ला अध्यक्ष, उपाध्यक्ष र सचिव सबैले पराजय भोग्नुप¥यो । सुनसरीको धरान र इटहरीमा पनि विजय पाउने अवस्था नरहेको भए, एमाले अध्यक्ष ओलीले अरू जहाँ जति जिते पनि उहाँको चुरीफुरीको अर्थ रहने थिएन ।
सुदूरपश्चिममा सूर्य अस्ताउन मात्र जान्छ भन्थे तर त्यस्तो भएन । सूर्य मधुरो त पक्कै भयो तर पूरै ओइलाइ सकेको देखिएन । काँग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्लामा रहेको एक मात्र नगरपालिका अमरगढीमा विजय प्राप्त गरेर एमालेले सिङ्गै सुदूरपश्चिम जितेको अनुभूति गर्न पाएको छ । त्यही पराजयले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई आछाम र बाजुरामा एमालेको पुरानो वर्चस्व भत्काउनुको आनन्द आउन सकेन । काँग्रेसले कम्तीमा दुईतिहाइ स्थान हात पार्ने अनुमान गलत साबित भयो । बैतडी र दार्चुलामा उत्साहजनक परिणाम पाउँदै गर्दा काँग्रेस धेरै स्थानीय तह भएका कैलाली र कञ्चनपुरका पराजयको पीडाबोध गरिरहेको थियो । यसपटक काँग्रेसको पीडा यतिमा सकिएन । संविधानसभामा एकलौटि विजय पाएको दाङमा काँग्रेस दयनीय अवस्थामा झ¥यो । रूपन्देहीमा गठबन्धन समेतका कारण जुन विजय पाउने आशा काँग्रेसले गरेको थियो, त्यस प्रतिकूल परिणाम हात लाग्यो । रूपन्देहीको पराजयमा नवलपरासी र कपिलवस्तुका विजयले केही मलमपट्टि गरेको हुनुपर्छ ।
चुनावमा भाग लिएका दुई मधेशी पार्टीले पनि अपेक्षित परिणाम पाएनन् । मोरङ सुनसरीमा सङ्घीय समाजवादीले जे जति हात पार्न सक्नुपथ्र्यो, त्यो देखिएन । न त लोकतान्त्रिक फोरमले सुनसरी र कैलालीमा त्यो सफलता प्राप्त गर्न सक्यो तर अपेक्षा विपरीत रूपन्देहीमा प्राप्त गरेका विजयले सङ्घीय समाजवादीको लाज जोगाइ दिएको छ । चुनावबाट बिच्किएको छ गठबन्धनको दल राष्ट्रिय जनता पार्टीले रूपन्देही र कपिलवस्तुमा आफ्नो उपस्थितिलाई स्थापित त ग¥यो तर आशातीत परिणाम दिलाउन सकेन । पार्टीका हैसियतमा नभएर स्वतन्त्र रूपमा चुनाव लड्नु यसको कारण हुन सक्छ । जनयुद्धका आधारभूमि भनिएका रोल्पा र रुकुम हुने थिएनन् भने माओवादीलाई इज्जत जोगाउन मुस्किल पर्ने रहेछ । माओवादीले दोस्रो चरणमा जितेका कुल तहमध्ये दुई तिहाइ विजय यी दुई रुकुम र रोल्पाmे धानी दिए । यद्यपि, एमाले र काँग्रेसले रोल्पामा माओवादीमाथि धावा बोल्न शुरु गरेका छन् । अरू ठाउँमा भने सिला खोज्दै सङ्गठन जोगाउँदै जाने स्थितिमा माओवादी पुगेको छ । हारेर पनि तेस्रो दल बन्न सक्नु माओवादीको विशेषता रह्यो । अन्तिम चरणको निर्वाचनसम्म पनि माओवादी तेस्रो दल हुनेमा कुनै शङ्का रहेन ।
यी मत परिणामले स्पष्ट रूपमा आमनागरिकमा परिवर्तनको चाहना प्रतिबिम्बित भएको छ । जहाँ हिजो काँग्रेसले गढ ठान्यो, त्यहाँ एमाले आएको छ, माओवादी देखापरेको छ । एमालेले आफ्ना गढ ठानेका ठाउँमा काँग्रेसले अपत्यारिलो विजय हासिल गरेको छ । यो परिणामले नागरिक मत कसैको विर्ता होइन भन्ने देखाएको छ । यद्यपि, पराजित हुनेले यसका विभिन्न कारण देखेका, फेला पारेका हुन सक्छन् । उनीहरूको विश्लेषणको पनि अर्थ होला । नागरिकले परिवर्तन खोजी रहँदा त्यति धेरै नयाँ परिवर्तनको आवश्यकता बोध गरेको भने देखिएन । उनै पुराना दुई दल काँग्रेस र एमालेलाई नै मुख्य विकल्पका रूपमा लिए । यी दुई पार्टीपछि तेस्रो बलियो विकल्प देखिएन । यद्यपि, यो मुलुकमा पार्टीको नाम र सङ्ख्याको कुनै दुःख छैन ।
धेरै मुलुकमा शताब्दीदेखि सीमित पार्टीको वर्चस्व देखिन्छ । बेलायतमा लेबर र कञ्जरभेटिभ पार्टी नै आलोपालो सत्तामा रहँदै आएका छन् । अमेरिकामा डेमोक्रेट र रिपब्लिकन पार्टी नै सत्ता वृत्तमा सदियौँदेखि घुमिरहेका छन् । भारतमा काँग्रेस पार्टी कमजोर देखापर्दै गए पनि दोस्रो विकल्प उही हो । प्रदेश सरकार बनाउने हैसियत क्षेत्रीय पार्टीले बनाए पनि भारतीय जनता पार्टीको विकल्प काँग्रेस नै हो । लामो समयको अन्तरालमा पुराना पार्टीलाई पाखा लगाउँदै उदीयमान बनेको पार्टी भनेको फ्रान्सको मात्रै हो । नेपालमा नयाँ विकल्पको नारा दिएर खुलेको डा salud-hombres.com. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी दुई वर्षमा पत्तासाफको अवस्थामा पुग्यो तर यस विपरीत फ्रान्समा डेढ वर्षअघि गठन भएको ला रिपब्लिक एन मार्च पार्टी पहिलो मात्र होइन, स्पष्ट बहुमतसहितको पार्टी बनेको छ । दुई सय वर्षभन्दा लामो समयदेखि फ्रान्समा सोसलिष्ट पार्टी र रिपब्लिकन पार्टीको शासन सत्ता चल्दै आएको थियो ।
स्थानीय तहको निर्वाचनको महŒवलाई दलले बुझ्न नसक्दा पनि उनीहरूले सोचेजस्तो परिणाम आएको छैन । स्थानीय नेतृत्व स्थानीय तहबाटै माथि उठेको हुनुपर्छ भन्ने मान्यता राखेका भए सायद पुरानो वर्चस्व गुमाउने अवस्थामा कुनै दल पुग्ने थिएनन् । पार्टी प्रमुख पनि आफैँ हुने र पाए नगरपालिका र नभए गाउँपालिका प्रमुख पनि आफैँ बन्नुपर्ने सोच नराखेका भए झापामा एमालेका अध्यक्षदेखि सचिवसम्मले पराजय भोग्नुपर्ने थिएन । मोरङ अध्यक्षसमेत रहेका एमाले उम्मेदवार विनोद ढकालले कमजोर प्रमाणित हुनुपर्ने अवस्था आउने थिएन । यही कुरा काँग्रेसमा पनि व्याप्त रह्यो । इलाम र तुल्सीपुरमा काँग्रेसका मेयरका उम्मेदवार पार्टीका पूर्व अध्यक्ष मात्रै होइनन्, पूर्व सांसद पनि हुन् । पाएसम्म जहाँ पनि आफैँ हुनुपर्छ भन्ने मान्यता नराखेको भए सायद काँग्रेसले यी दुवै ठाउँ हार्ने थिएन । रोल्पामा पूर्व सांसद लेखनाथ आचार्यले आफैँ उम्मेदवार हुनुपर्छ भन्ने नठानेका भए अर्को पटकका लागि कुनै युवा बलियो उम्मेदवार बन्न सक्थ्यो । वडाध्यक्ष हारिरहँदा प्रमुख वा उपप्रमुखले बढी मत पाउने वा उनीहरूले कम मत पाउँदा वडा अध्यक्ष र सदस्य विजयी बन्ने कारण उम्मेदवारी छनोटमा देखिएको कमजोरीको परिणाम हो ।
उम्मेदवारी चयनमा हरेक पार्टीमा गुटको प्रभाव रह्यो तर परिणाम सिङ्गो पार्टी पराजित हुन पुग्यो । उम्मेदवारी दिलाएर गुट प्रमुखले सन्तोषको सास त फेरे होलान् तर पार्टी पराजयको पीडामा उनीहरू रमाउने अवस्था रहेन । एमालेमा ओलीको दबदबाका अगाडि खुलेआम अन्तर्घात भएका उदाहरण सार्वजनिक भएनन् तर एमालेले झापामा बेहोरेको पराजयले अन्तर्घात हुँदै भएन भन्ने आधार रहेन । काँग्रेसमा त अन्तर्घात एउटा दीर्घ रोगका रूपमा स्थापित भएको छ । चुनावको दुई दिनअघि पार्टी उम्मेदवारविरुद्ध उम्मेदवारी दिनेलाई पार्टीबाट हटाइएको सूचना जारी गर्नुपर्ने अवस्थामा काँग्रेस पुग्यो । आज आफूले अर्कालाई सहयोग गरे भोलि आफूले उसको सहयोग पाइन्छ भन्ने भावनाको विकास अत्यन्त कम देखियो र यो चुनावमा टिकट नपाए अर्को पटक राजनीतिक भविष्य समाप्त हुन्छ भन्ने मानसिकता हरेक पार्टीका उम्मेदवारका दाबेदारमा देखाप¥यो । पार्टीले आफ्ना कमजोरी विश्लेषण गरिरहँदा नागरिक चेतनाले खोजेको परिवर्तनलाई भने बिर्सन हुँदैन । यो वर्ष संयोगले चुनाव वर्ष हुँदैछ । तीन वटा चुनाव गराउँदा स्थानीयदेखि केन्द्रीय तहसम्मको चुनाव सकिनुपथ्र्यो । दुर्भाग्यवश, तीन वटा चुनाव सकिँदा केवल स्थानीय तहको चुनावले पूर्णता पाउँदै छ । बाँकी चुनावको सामना गर्न दलहरू फेरि नागरिक समक्ष जानैपर्ने छ । यो निकट भविष्यलाई नबिर्सेर अहिलेका कमजोरी सच्याउन सके भने परिणामलाई दोष दिने अवस्थामा दलहरू पुग्ने थिएनन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij