२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

दर्शकले खचाखच भरिएको सिटी सेन्टरको फिल्म हलमा आगलागी

दर्शकले खचाखच भरिएको सिटी सेन्टरको फिल्म हलमा आगलागी

काठमाडौं । राजधानीको सीटी सेन्टरस्थित बिग मुभिजमा आगलागी भएको छ ।

फिल्म शो जारी रहेको बेला आइतबार दिउँसो एकाएक आगलागी हुन पुगेको हो । महानगरीय प्रहरी बृत्त कमलपोखरीका डिएसपी महेश थापाले हल नम्बर दुईमा फिल्म शो जारी रहेको बेला आगलागी हुन पुगेको बताए । तार सर्ट भएर भएको भनिएको आगलागी केहिबेरमै नियन्त्रणमा लिइएको थियो ।

एकाएक आगलागी भएपछि दर्शहरुबीच त्रासको वातावरण समेत पैदा भएको थियो । डिएपसी थापाले छिट्टै आगलागी नियन्त्रणमा लिन सकिएकाले कुनै अप्रिय क्षति हुन नपाएको रातोपाटीलाई बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij