
काठमाडौँ । भारतको पश्चिम बंगाल राज्य सरकार र दार्जिलिङबासीहरुबीच चलिरहेको विवादले शनिबार पुनः हिंसात्मक मोड लिएको छ। आन्दोलनकारीहरुले विगत २४ घण्टामा टासी भुटिया, सुरज सुन्दास र समिर गुरुङ गरी तीन जनाको मृत्यु भएको दावी गरेका छन्।
पछिल्लो हिंसा शुक्रबार राति गोर्खा जनमुक्ति मोर्चाकाएक समर्थक टासी भुटियाको शव दार्जिलिङ नजिकैको सोनादामा भेटिएपछि भड्किएको हो। यसअघि बंगाली भाषालाई स्कूले पाठ्यक्रममा अनिवार्य गरिएको भन्दै उठेको आन्दोलन गोर्खाल्यान्डको माग पूरा नभएसम्म नरोकिने भन्दै चलिरहेको थियो।
आन्दोलनकारीहरुले भुटियालाई प्रहरीले गोली हानी मारेको दावी गरेका छन्। शनिबार त्यसैको विरोधमा निस्किएको जुलुसले प्रहरी भ्यान तोडफोड गर्ने क्रममा भएको भिडन्तमा थप आन्दोलनकारीको मृत्यु भएको हो।
गोजमुमोका प्रवक्ता निरज जिम्बाले भारतीय न्युज एजेन्सी एएनआईलाई भुटिया औषधी किन्न गएका बेला सुरक्षाकर्मीले प्वाइन्ट ब्ल्यांक रेन्जमा गोली हानेको आरोप लगाएका छन्।
यसअघि पनि तीन जना आन्दोलनकारीको मृत्यु जुन महिनामा भइसकेको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij