काठमाडौं । दोस्रो चरणमा भएको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रले ३८ स्थानमा मात्रै चित्त बुझाउनु पर्ने भएको छ ।
असार १४ गते सम्पन्न ३५ जिल्लाको ३ सय ३४ स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रले ३८ स्थानीय तहमा प्रमुखसहित जित हासिल गरेको छ ।
बाँकी रहेको चार स्थानीय तहमा माओवादी केन्द्रको सम्भावना न्यून छ । मतगणना जारी रहेको चार वटै स्थानीय तहमा माओवादी केन्द्र धेरै पछाडि रहेको छ ।
पहिलो चरणमा भएको तीन प्रदेशको २ सय ८३ स्थानीय तहमा ४६ स्थानीय तह जितेको माओवादीले दोस्रो चरणमा मधेसबाट राम्रो मत पाउने अपेक्षा गरेको थियो ।
हेर्नुहोस्, कुन कुन ठाउँमा माओवादीले जित्यो ?
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij