
काठमाडौं । अरब देशले अलग्गाएको कतारमाथि खाडी देशको प्रतिबन्ध कायम रहने साउदी अरबले जानकारी दिएको छ ।
कतारमाथि ‘आतंकवादको पोषण’ गरेको आरोप लगाउँदै खाडी देशले पछिल्लो महिना कूटनीतिक सम्बन्ध समाप्त गर्दै त्यसमाथि प्रतिबन्ध पनि लगाएको थियो ।
कतारलाई यी देशले १३ बुँदे माग सुम्पिएको थियो जसलाई कतारले मान्न अस्विकार गरेको थियो ।
यी मागको जवाफ दिनका लागि कतारलाई तोकिएको समयसीमा बुधबार समाप्त भएको थियो ।
साउदी अरब, इजिप्ट, बहराइन र संयुक्त अरब इमिरेट्सका विदेश मन्त्रीहरुको काहिरामा बसेको बैठकमा कतारले उनीहरुको माग अस्विकार गरेकोमा आफूहरुलाई अफसोस भएको बताएका छन् ।
यी देशका अधिकारीले कतारले अहिलेको स्थितीलाई गम्भीरतापूर्वक नलिएको आरोप लगाएका छन् ।
यी देशले कतारमाथि जिहादी गुटलाई मद्दत गरेको आरोप लगाएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij