दाङ । पश्चिम तराईको तुलसीपुर उपमहानगरपालिकामा मेयर तथा उपमेयर दुवै एमालेले जितेको छ ।
तुलसीपुर उपमहानगरपालिकाको मेयरमा एमाले उम्मेदवार घनश्याम पाण्डे २२८५७ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार गेहेन्द्र गिरीले १८९०३ मत ल्याएर पराजित भए ।
यस्तै उपमेयरमा पनि एमाले उम्मेदवार माया आचार्य २१३७ मत ल्याएर विजयी भइन् । उनका प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार देवीका नेपालीले २०१८५ मत ल्याएकी छिन् ।
तुलसीपुर सँगै दोस्रो चरणमा निर्वाचन भएका ७ उपमहानगरपालिका मध्ये एमालेले ३ वटामा जित हासिल गरिसकेको छ । यसअघि एमालेले घोराही उपमहानगरपालिका र बुटवल उपमहानगरपालिकामा जित हासिल गरेको थियो ।
मतगणना सकिएको नेपालगंज उपमहानगरपालिकामा राप्रपाले जितेको छ । मतगणना हुँदै गरेका धरान र इटहरी उपमहानगरपालिकामा एमालेको अग्रता छ । धनगढी उपमहानगरपाकिलामा भने कांग्रेसको अग्रता छ ।
पहिलो चरणमा निर्वाचन भएको एक मात्र उपमहानगरपालिका हेटौंंडामा पनि एमालेले जित हासिल गरेको थियो । तुलसीपुरको जितसँगै नतिजा आएका ५ उपमहानगरपालिका मध्ये एमालेले ४ वटामा जित हासिल गरिसकेको छ । उपमहानगरपालिकामा सत्तारुरढ कांग्रेस र माओवादी सुन्य छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij