२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

राजपा नेताहरु निर्वाचन आयोगमा दल दर्ता गर्न जाँदै

राजपा नेताहरु निर्वाचन आयोगमा दल दर्ता गर्न जाँदै

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) आज औपचारिकरुपमा निर्वाचन आयोगमा दर्ता हुने भएको छ ।

विजुलीबजारस्थित पार्टी कार्यालयमा भेला भई राजपा नेताहरु दल दर्ताका लागि निर्वाचन आयोग जाने राजपा नेता केशव झाले बताए ।

अहिलेसम्म विभिन्न ६ वटा पार्टीहरु अलग्गै दर्ता भएकामा अब एउटै दलका रुपमा दर्ता गर्न लागिएको अध्यक्ष मण्डलका नेता राजकिशोर यादवले बताए ।

राजपाको दल दर्ता चुनावी तयारी भन्दा पनि दलको बैधानिक प्रक्रिया पुर्‍याउनका लागि गर्न लागिएको यादवले बताए ।

दल दर्ता गर्न लाग्ग्नुभएछ, अब राजपा तेस्रो चरणको स्थानीय चुनावमा आउन लागेको हो ? यादवले भने- ‘यो एउटा प्रक्रियामात्रै पुर्‍याउन लागिएको हो, चुनावमा के गर्ने भन्नेबारेमा पार्टीमा छलफल गर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij