२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

३०५ स्थानीय तहको नतिजा सार्वजनिक

३०५ स्थानीय तहको नतिजा सार्वजनिक

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना लगभग अन्तिम चरणमा पुगेको छ । अब मात्र २९ स्थानीय तहको मतपरिणाम आउँन बाँकी रहेको छ ।

गत असार १४ गते प्रदेश नम्बर १,५ र ७ का ३३४ स्थानीय तहको निर्वाचन भएकोमा मतगणनाको आज एक साता पूरा हुँदै गर्दा ३०५ तहको नतिजा आएको हो ।

नतिजाअनुसार नेकपा एमाले १३३ तहमा विजयी हुँदै शीर्ष स्थानमा रहेको छ । यस्तै नेपाली कांग्रेसले ११५ तह जित्दै दोस्रो भस्थान हासिल गर्दा नेकपा माओवादी केन्द्रले ३६ स्थानमा जित हासिल गरेको छ ।

यसैगरी फोरम लोकतान्त्रिक, मधेसी जनअधिकार फोरमले समान ६–६ स्थानमा जित हासिल गरेका छन् भने राप्रपाले ४ स्थान जित्दा जनमोर्चा र स्वतन्त्रले २–२ तह जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij