२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

राष्ट्रपति ट्रम्प र सीएनएन न्यूज च्यानलबिच ‘हंगामा’

राष्ट्रपति ट्रम्प र सीएनएन न्यूज च्यानलबिच ‘हंगामा’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सीएनएन न्यूज च्यानलको लोगोसहितको मास्क लगाएको जस्तो देखिने व्यक्तिसंग रेस्लिङ खेलेको भिडियो ट्वीटरमार्फत सार्वजनिक गरेपछि हंगामा मच्चिएको छ ।

सन् २००७ मा ट्रम्प ‘डब्लुडब्लुई रेस्लिङ’को एउटा फाइटमा सहभागि भएको र यो नयाँ भिडियो क्लिप सोही प्रतियोगिताको भिडियो सम्पादनगरी बनाइएको हो ।

वास्तविक भिडियोमा भने ट्रम्पले पूर्व निर्धारित योजनाअनुसार ‘डब्लुडब्लुई’का मालिक विन्स म्याकमोहनलाई पिटेको देखिन्छ । भिडियोको नयाँ एनिमेटेडस्वरुप केहीदिन अघि ट्रम्पका कुनै समर्थकले इन्टरनेटमा पोष्ट गरेका थिए । जसलाई ह्वाइट हाउसबाट सञ्चालित राष्ट्रपतिको ट्वीटर अकाउन्ट पोष्टबाट रिट्विट गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij