२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

गुल्मी पुगेर ओलीले भने, ‘काँग्रेस पूरानो पार्टी पछिपछि आउँदैछ, माओवादीले उधुमै जित्यो’

गुल्मी पुगेर ओलीले भने, ‘काँग्रेस पूरानो पार्टी पछिपछि आउँदैछ, माओवादीले उधुमै जित्यो’


गुल्मी । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले जीत्दा उत्ताउलिने र हार्दा निराश हुने पार्टी नभएको स्पष्ट पारेका छन् ।

शनिवार  गुल्मीको सदरमुकाम तम्घासको चिदिचौरमा  भएको विजयीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले शुरुवाती चरणको नतिजा आउँदा केही मिडियामा एमाले अत्तालिएको भन्ने समाचार प्रकाशित भएको प्रति व्यंग्य गर्दै सो कुरा बताएका हुन् ।

उनले भने, ‘हिजो अखबार हेर्नुभयो होला, गिन्ती शुरु हुने बित्तिकै अखबारमा खबर आयो, शुरुमै एमालेलाई धक्का, केपी ओली चिन्तित मुद्रामा । एउटा कुरा म भन्न चाहन्छु नेकपा एमाले कुनै जीतबाट खुसी भएर उत्ताउलिएर केटाकेटीलाई दशैँ आएजस्तो आँगनमा नाच्ने पार्टी होइन । दुई चार ठाउँमा हार्यो भने पनि आत्तिने पार्टी होइन, फेरि अगाडि बढ्ने पार्टी हो ।’

नेकपा एमालेले रेसुङ्गा नगरपालिकाको  विजयी सभालाई सम्वोधन गर्न गुल्मी आएका ओलीले हालसम्म १ सय ७ स्थानको परिणाम आउँदा ५२ सिट एमालेले जितेको उल्लेख गरे । ‘नेपाली काँग्रेस पुरानो पार्टी पछिपछि आइरहेको छ, ३७ सिट ल्याएको छ । माओवादीले पनि उधुमै जितेको छ १९ सिट ल्याएको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij