२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

फ्राइडे मुभी : दर्शकलाई सुशील र बर्षाको ‘कारखाना’

फ्राइडे मुभी : दर्शकलाई सुशील र बर्षाको ‘कारखाना’

काठमाडौं । सुशील श्रेष्ठ र बर्षा सिवाकोटी अभिनित चलचित्र ‘कारखाना’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै प्रदर्शनमा आएको चलचित्रले सरोगेसीको कथा बिषयको रुपमा उठाएको छ ।

पटक पटकको रिलिज मिति सर्दै आएको यो चलचित्र ‘मायाले बोले’ बोलको गीतका कारणले पनि चर्चित छ । यो गीत दर्शकले निकै राचाएका छन् ।

सुदीप खड्का र अमर बज्राचार्यको संयुक्त निर्माण रहेको चलचित्रमा रहेको सुशील र वर्षाको रोमान्स चलचित्रको सबैभन्दा महत्वपूर्ण पाटो रहेको बताइएको छ ।

‘पशुपति प्रसाद’पछि राम्रो चलचित्रमा अवसर नपाएकी बर्षाले ‘कारखाना’ले आफ्नो अभिनय करियरमा केही परिवर्तन ल्याउने बताइन् ।

होष्टल रिटन्स्बाट उदाएका हिरो सुशीलको यो दोस्रो चलचित्र हो । उनको अर्काे चलचित्र ‘सायद २’ पनि यहि ३० गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij