२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

कुन स्थानीय तहमा कसले जिते ? (सूचीसहित)

कुन स्थानीय तहमा कसले जिते ? (सूचीसहित)

काठमाडौं । दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना जारी रहँदा शुक्रबार अपराह्रनसम्म २१ स्थानीय तहको परिणाम सार्वजनिक हुँदा एमालेले अग्रता लिएको छ ।

एमालेले एक नगरपालिकासहित १० स्थानीय तह जितेको छ भने कांग्रेसले २ नगरपालिकासहित ७ तहमा जित हासिल गरेको छ । त्यस्तै, माओवादीले ३ स्थानीय तहमा जित हासिल गरेको छ । राष्ट्रिय जनमोर्चाले प्यूठानको १ स्थानीय तहमा जितको खाता खोलेको छ ।

अग्रताको हिसाबले एमाले र कांग्रेसबीच प्रतिस्पर्धा राम्रोसँगै देखिएको छ । अहिलेसम्म सबैभन्दा धेरै ७ नम्बर प्रदेशको परिणाम आएको छ । ७ नम्बर प्रदेशका ११ स्थानीय तहको परिणाम आउँदा एमालेले ८ तह जितेको छ भने कांग्रेसले ३ तह जितेको छ ।

त्यस्तै, प्रदेश नम्बर ५ मा अहिलेसम्म ३ स्थानीय तहको परिणाम आएको छ । जसमध्ये गुल्मीको गुल्मी दरबार गाउँपालिकामा कांग्रेसले जितेको छ भने रूकुमको पुथा उत्तरगंगा गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । प्यूठानको मल्लरानी गाँउपालिकाबाट खाता खोलेको राजमोले अध्यक्ष र उपाध्यक्ष नै जितेको छ ।

प्रदेश नम्बर १ बाट चार स्थानीय तहको परिणाम सार्वजनिक हुँदा एमाले र माओवादीले जित बराबरी बाँडेका छन् ।

एमालेले जितेका स्थानीय तह :

१. अमरगढी नगरपालिका, डडेल्धुरा
२. मस्टा गाउँपालिका, बझाङ
३. थलारा गाउँपालिका, बझाङ
४. वित्थचिर गाउँपालिका, बझाङ
५. गौमुल गाउँपालिका, बाजुरा
६. पाण्डवगुफा गाउँपालिका, बाजुरा
७. पञ्चेश्वर गाउँपालिका, बैतडी
८. जन्तेढुंगा गाउँपालिका, खोटाङ
९. रामप्रसाद राई गाउँपालिका, भोजपुर
१०. मैवाखोला गाउँपालिका, ताप्लेजुङ

कांग्रेसले जितेका स्थानीय तह :

१. महाकाली नगरपालिका, दार्चुला
२. बडिमालिका नगरपालिका, बाजुरा
३. छेडेदह गाउँपालिका, बाजुरा
४. काँडा गाउँपालिका, बझाङ
५. चिचिला गाउँपालिका, संखुवासभा
६. सुलिचुङ गाउँपालिका, संखुवासभा
७. गुल्मी दरबार गाउँपालिका, गुल्मी

माओवादीले जितेका स्थानीय तह :

१. लिखु पिके गाउँपालिका, सोलुखुम्बु
२. महाकुलुङ गाउँपालिका, सोलुखुम्बु
३. पुथा उत्तरगंगा गाउँपालिका, रूकुम

राष्ट्रिय जनमाेर्चाले जितेको स्थानीय तह

१. मल्लरानी गाँउपालिका, प्यूठान

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij