
लन्डन । प्रवासमा कला वा संगीतकर्म आफैंमा चुनौतिपूर्ण छ । मेसिनजस्तो चलायमान दिनचर्याबाट फूर्सद निकालेर संगीतकर्ममा होमिने साहस कमैले गर्छन् र त्यो अपवादमा छिन् नवगायिका ममता गुरुङ ।
ममताको पहिलो गीति संग्रह ममता बेलायतमा समेत बिमोचन भएको छ । गत अप्रिल २६ मा नेपालमा विमोचित उक्त एल्बम सप्ताहन्त एक समारोहबीच बेलायतमा पनि लोकार्पण गरिएको हो । एल्बमसँगै म्यूजिक भिडियो समेत सार्वजनिक गरिएको छ ।
एल्बममा ५ वटा गीत समावेश छन् । ममता गुरुङ, शशीथापा सुब्बा, कालिप्रसाद बास्कोटा र केबी गुरुङको रचनामाबास्कोटा, सुरेश मानन्धर, दावा गुरुङ, ताराप्रकाश लिम्बु र इन्द्र आरपीको संगीत छ ।
बिगत ७ वर्षदेखि बेलायत बस्दै आएकी चितवन निवासी ममताले अध्ययन सकिएपछि संगीततिर लागेको बताइन् । गायिका शर्मिला बर्देवाले ममताको स्वरको तारिफ गर्दै उनी सम्भावना बोकेको गायिका भएको चित्रण गरिन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij