२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

ब्वाइफ्रेन्ड नहुँदा हाइसन्चो

ब्वाइफ्रेन्ड नहुँदा हाइसन्चो

काठमाडौं । फिल्म ‘अन्तराल’बाट फिल्ममा डेब्यु गर्दा नम्रता सापकोटालाई धेरैले सम्भावना भएकी अभिनेत्रीको रुपमा हेरेका थिए तर फिल्म रिलिज भएपछि नम्रताले फिल्ममा भन्दा पनि ‘ब्वाइफ्रेन्ड’मा भविष्य देखिन् ।

म्युजिक भिडियो हुँदै फिल्ममा आएकी उनले त्यो समयमा म्युजिक भिडियो पनि पातलो गरिन् तर पछिल्लो समय ‘ब्वाइफ्रेन्ड’सँग ब्रेकअप भएपछि फिल्म क्षेत्रमा नम्रताको सक्रियता बढेको छ ।

बीचमा गौरव पहारीसँग नाम जोडिएको भए पनि दुवैलाई हिजोआज सँगै देखिएको छैन । अर्थात्, नम्रता हिजोआज ब्वाइफ्रेन्डविहीन छिन् । त्यसैले त होला उनले एउटा अनलाइनलाई दिएको अन्तर्वार्तामा ब्वाइफ्रेन्ड नहुँदा हाइसञ्चो भएको बताएकी छन् ।

उनको यो भनाइले विचरीले ब्वाइफ्रेन्ड हुँदा राम्रै दुःख पाइछन् कि भन्ने शंका उब्जाउँछ । नत्र किन सञ्चो भएको कुरा यसरी गर्व साथ बताउँथिन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij