बझाङ । बझाङको मष्टा गाउँपालिका वडा नम्बर १ मा एमालेका राजेन्द्रबहादुर खड्का अध्यक्षमा विजयी हुनुभएको छ । यस्तै वडा नम्बर ७ मा एमालेका बमबहादुर बोहराको प्यानल नै विजयी भएको छ ।
वडा नम्बर ५ को मतगणना भने स्थगित भएको छ । गणनाका क्रममा मतदान अधिकृतले सही नगरेको मतपत्र फेला परेपछि मतगणना स्थगित भएको हो । मतदान अधिकृतले सही नगरेका १७ वटा मतपत्र फेला परेका छन् । समस्या समाधानका लागि अहिले सर्वदलीय बैठक बसिरहेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij