बर्दिया । प्रदेश नम्बर ५ को बर्दिया उत्साहपूर्ण रुपमा मतदान भइरहेको छ । एमाले नेता वामदेव गौतमको गृहजिल्ला बर्दियाका ८ वटै स्थानीय तहमा मतदान भइरहेको छ ।
बर्दियाका गुलरिया नगरपालिका, मधुवन नगरपालिका, राजापुर नगरपालिका, बारबर्दिया नगरपालिका, ठाकुरबाबा नगरपालिका, बाँसगढी नगरपालिका, बढैयाताल गाउँपालिका र गेरुवा गाउँपालिकामा मतदान सुरु भएको हो ।
यस्तै नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले बाँगसढी नगरपालिकाको त्रिभूवन मावि पकौरा मदतान केन्द्रबाट मतदान गर्नुभएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij