महेन्द्रनगर । वर्षातका कारण मतदाता लाइनबाट भागाभाग भएका छन् । मतदान केन्द्र घरदेखी टाढा भएका मतदाता बिहानै घरदेखि बिहानै हिँडेपनि मतदाता पानीबाट जोगिन भागेका हुन् ।
सम्बन्धित मतदान केन्द्रमा गएर भोट हाल्नका लागि उनीहरु घरबाट हिडे्का हुन् । कतिपय मतदाताले घण्टौं हिड्नुपर्ने भएकाले पनि उनीहरु बिहानैदेखी घरबाट हिडेका हुन् । पानी पर्ने सम्भावना समेत रहेकाले पछि असर पर्न सक्ने भन्दै मतदाता छाता बोकेरै भएपनि घरबाट हिडेका छन् ।
बिहान ७ बजेदेखी मतदान सुरु भएकाले पनि मतदाता समयमै मतदान गरेर घर फर्किने मनसायका साथ हिडेका हुन् । पानी पर्ने मौसम देखिएपनि मतदाता उत्साहपूर्वक मतदान गर्नका लागि हिडे्का हुन् । जिल्लाका हरेक मतदान केन्द्रमा सबै तयारी सकिएको मुख्य निर्वाचन अधिकृत प्रकाश ढुङ्गानाले जानकारी दिनुभयो ।
कर्मचारीहरु मतदान केन्द्रमा खटिएर अन्तिम तयारी अवस्थामा रहेका छन् । अहिले पानी परिनै नसकेकाले कुनै खासै तयारी देखिएको छैन् । यद्यपी पानी परे कसरी मतपत्र, मतपेटिका र अन्य सामाग्री सुरक्षित राख्ने भन्ने तयारी गरिरहेका छन् । बिहान भोट हालेर दिउँसोपख रोपाई गर्नुपर्ने भएकाले समेत गाउँतिरका मतदाता बिहानै देखी मतदान केन्द्रमा जान लागेका हुन् ।
२ दशकपछि हुन लागेको निर्वाचनमा मताधिकार प्रयोग गर्न मतदाता उत्सुक देखिएका छन् । कञ्चनपुरमा २ लाख ३५ हजार ७ सय ३५ जना मतदाता रहेका छन् । ७ नगरपालिका र २ वटा गाउँपालिका रहेका छन् । निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij