२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

सीमा नाका ७२ घन्टाका लागि बन्द

सीमा नाका ७२ घन्टाका लागि बन्द

विराटनगर । नेपाल–भारतको सीमा नाका सोमबार बिहानदेखि तीन दिनका लागि बन्द गरिएको छ। असार १४ गते हुन गइरहेको स्थानीय निर्वाचनलाई लक्षित गरी नाका बन्द गरिएको हो।

भारतको सुपौंलमा नेपाल–भारतका सीमावर्ती जिल्लाका सुरक्षा पदाधिकारीबीच छलफल गरी तीन दिनका लागि सीमा नाका बन्द गरिएको र असार १५ गतेदेखि पूर्ववत् रुपमा सीमा नाका सुचारु हुने प्रजिअ यज्ञराज कोइरालाले बताए।

शान्ति सुरक्षालाई मध्य नजर गरी आपराधिक घटना हुन नदिने उद्देश्यले दुवैतर्फ सीमावर्ती क्षेत्रमा विशेष सुरक्षा व्यवस्थासमेत मिलाउने सहमति भएको प्रजिअ कोइरालाले बताए।

यसैगरी झापास्थित भारतसँग जोडिएका नाका पनि ७२ घन्टाका लागि आजदेखि बन्द गरिएका छन्।

काँकडभिट्टा, भद्रपुरसहितका नाका बन्द गरिएका हुन्। बहत्तर घन्टासम्म कुनै पनि देशका नागरिक आवतजावत गर्न नपाइने झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले बताए।

स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित, शान्तिपूर्ण र मर्यादित रुपमा सम्पन्न गराउन सीमा नाका बन्द गरिएका हुन्। झापाको पूर्वी र दक्षिण क्षेत्रअन्तर्गत ११८ किमी क्षेत्रफल भारतसँग सीमा जोडिएको छ। रासस

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij