२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

मौसम विभागको अनुमान: १४ गते छिटफुट वर्षा

मौसम विभागको अनुमान: १४ गते छिटफुट वर्षा

निर्वाचन आयोग भन्छ: छाता र रेनकोट बोक्नू

काठमाडौं । दोस्रो चरणको स्थानीय तहको निर्वाचनको दिनमा मुलुकभर छिटफुट वर्षा हुन सक्ने मौसमविभागको अनुमान रहेको छ ।
यसले गर्दा निर्वाचन आयोगलाई केही चुनौती थप भएको छ ।

वैशाख ३१ गते एकै चरणमा घोषणा गरिएको निर्वाचन जेठ ३१ गते हुँदै असार १४ गते हुँदैछ । जसले गर्दा वर्षाले मतदानस्थल तथा मदतान केन्द्रमा बलियो ओतको व्यवस्था गर्नुपर्ने भएको छ ।

निर्वाचन आयोगका अनुसार प्रायः ठाउँमा सरकारी स्कुल, स्वास्थ्य चौकी र सरकारी भवनमा निर्वाचन केन्द्र रहेका छन् । केही ठाउँमा खुला चौरमा भए पनि बलियो ओतको व्यवस्था गरिएको छ ।

दोस्रो चरणको निर्वाचन हुने ४ हजार ५८१ मतदानस्थलमै मतदानसम्बन्धि कागजपत्र, मतपत्र, मतपेटिका पानीबाट जोगाउनुपर्ने हुन्छ ।

त्यसका लागि आयोगले स्थानीय स्तरबाटै व्यवस्था गर्न सबै केन्द्रका मतदान अधिकृतलाई निर्देशन दिइसकेको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिएका छन् ।
“हामीले सबै मतदान अधिकृतलाई मतदान स्थललाई सम्भावित वर्षाबाट जोगाउन ओतको व्यवस्था गर्न निर्देशन दिइसकेका छौं,” उनले भने, “अन्य निर्वाचन सामाग्रीसँग त्रिपाल पठाएका छैनौं । आवश्यक सामग्री खरिद गर्दा लाग्ने खर्च आयोगले बेहोर्छ ।”

यसअघि वर्षाको समयमा निर्वाचन गर्न नसकिने बताउँदै आएको निर्वाचन आयोगलाई सबै दललाई चुनावमा सहभागी गराउने भन्दै सरकारले असार १४ लाई निर्वाचन सारेपछि चुनौतीका बीच तयारी गर्न परेको आयोगको भनाई छ ।

“हामीले मतदानमा प्रयोग हुने सामाग्रीलाई पानीबाट नभिज्ने गरी व्यवस्थापन गर्न सबै मतदान अधिकृतलाई निर्देशन दिइसकेका छौं,” प्रवक्ता शर्माले भने, “मतदाताले भने आफ्नो ओत अर्थात छाता, रेनकोटको व्यवस्था आफैं गर्नुहोला ।

 

केही ठाउँमा पानी पर्नसक्छ : मौसमविद्
१४ गते निर्वाचन हुने प्रदेश नं १, ५ र ७ का केही ठाउँमा वर्षा हुनसक्ने जल तथा मौसम पूर्वअनुमान महाशाखाका वरिष्ठ मौसमविद् सुजन सुवेदीले बाह्रखरीलाई जानकारी दिए ।
“१४ गते हामीले हेर्दा १ नम्बर प्रदेशमा धेरै ठाउँमा हल्कादेखि सामान्य पानी पर्न सक्ने देखिएको छ,” उनले बाह्रखरीसँग भने, “५ र ७ नम्बर प्रदेशको पनि केही स्थानमा त्यो दिन पानी पर्न सक्छ । अहिलेसम्म हेर्दा सो दिन लगातार वर्षा भने देखिँदैन ।”

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij